close

टाटा मोटर्सको ह्याप्पीनेस विकेण्ड, ईभीसँग जुनसुकै ब्रान्डका पुराना गाडी साट्न सकिने

टेकपाना टेकपाना

चैत २, २०७९ २०:४

टाटा मोटर्सको ह्याप्पीनेस विकेण्ड, ईभीसँग जुनसुकै ब्रान्डका पुराना गाडी साट्न सकिने

काठमाडौं । टाटा मोटर्सले भोलि शुक्रबारदेखि तीन दिने एक्सचेन्ज क्याम्प सुरु गर्ने भएको छ । कम्पनीले राजधानी लक्षित गर्दै ‘ह्याप्पिनेस विकेण्ड’को नाममा क्याम्प सुरु गर्न लागेको हो । 

गत हप्ता आयोजित ‘एक्सचेन्ज क्याम्प’ को उत्साहजनक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै टाटा मोटर्सले काठमाडौं स्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा यो क्याम्प आयोजना हुनेछ । क्याम्पमा आएर टेस्ट ड्राइभ, आफ्नो पुरानो गाडीको मूल्याङ्कन र नयाँ गाडीको बुकिङ गराउँदा ग्राहकले हात खाली नजाने आकर्षक गिफ्ट समेत पाउने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी तथा टिगोर ईभीसँग साट्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकको सहजताका लागि शोरुममै बैंकिंग सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्याङ्कन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ ।

उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ । 

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जाको पनि पाइनेछ। 

पछिल्लो अध्यावधिक: चैत २, २०७९ २०:४