close

ओपेरा ब्राउजरमा पनि आयो च्याटजीपीटीमा आधारित च्याटबट

टेकपाना टेकपाना

चैत ८, २०७९ १९:४८

ओपेरा ब्राउजरमा पनि आयो च्याटजीपीटीमा आधारित च्याटबट

काठामडौं । ओपेराले आफ्नो डेस्कटप ब्राउजर र ओपेरा जीएक्समा एआईमा आधारित च्याबट उपलब्ध गराएकाे छ । ओपेराले आफ्नो ब्राउजरमा ओपनएआईको च्याटजीपीटी फोर र च्याटसोनिकमा आधारित च्याटबट थपेको हो ।

एआईबाट निर्माण गरिएका सामग्रीहरु ‘गेम चेन्जर’ हुने भएकाले प्रयोगकर्तालाई ब्राउजिङमा नयाँ अनुभव दिलाउन च्याटबट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो च्याटबटबाट टेक्स्टको आधारमा नै चित्र बनाउने, आर्टिकल/वेबपेज/सामाजिक सञ्जालका पोस्टहरूको सारसंक्षेप गर्नेजस्ता कामहरू गर्न सकिन्छ । त्यस्तै कम्पनीले एआईमा आधारित प्रम्ट लेख्ने फिचर पनि ल्याउने तयारी गरेको छ ।

यो फिचर सार्वजनिक भएपछि आफूले चाहेको प्रम्ट लेख्न एआईले सघाउने बताइएको छ ।

पछिल्लो समय ओपेराले आर्टिफिसियल इन्टेलिजेन्स ग्लोबल कम्पनी (एआईजीसी) माफर्त एआई कार्यक्रम अघि बढाइरहेको छ । ​यसकारण कम्पनीले भविष्यमा एआईसम्बन्धी धेरै उत्पादन ल्याउने तयारी गरेको छ ।

यसअघि नै माइक्रोसफ्टले आफ्नो ब्राउजर एजमा च्याटजीपीटीमा आधारित च्याटबट सञ्चालनमा ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १९:४८