close

सार्वजनिक हुँदै एसुसको नयाँ गेमिङ फोन, के के छन् विशेषता ?

टेकपाना टेकपाना

चैत १३, २०७९ ९:११

सार्वजनिक हुँदै एसुसको नयाँ गेमिङ फोन, के के छन् विशेषता ?

काठमाडौं । एसुसले छिट्टै नै आफ्नो नयाँ गेमिङ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले रग (आरओजी) फोनको नयाँ संस्करण सार्वजनिक गर्ने मिति घोषणा गरेको हो । 

सन् २०१८ देखि चर्चामा रहेको एसुसको रग फोन सेभेन (ASUS ROG Phone 7) अन्तत: यही एप्रिल १३ मा सार्वजनिक हुने भएको छ ।  

रग फोन सेभेनमा गेमिङका लागि क्वालकमको स्‍नापड्रागन ८ जेन टु प्रोसेसर प्रयोग हुने बताइएको छ । त्यस्तै एन्ड्रोइड १३ सपोर्ट गर्ने यो फोन ‘क्यापासिटिभ सोल्डर ट्रिगर’ (Capacitive Shoulder Triggers) सहित उपलब्ध हुनेछ । 

यसले गेमरहरूलाई गेमको दौरान गेममा आफ्नो कन्ट्रोल राख्न सहज हुन्छ । कम्पनीले यो फोनको तीन मोडेल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि यस विषयमा कम्पनी आफैले भने कुनै आधिकारिक जानकारी दिएको छैन । 

सफ्टवेयर अपडेटमा निकै कमजोर रहेको एसुसले यो समस्याको समाधान यस नयाँ फोनमा गर्ने आशा गरिएको छ । हाल एसुसले आफ्नो गेमिङ फोनमा दुई पटकसम्म मात्र अपग्रेड गर्ने सुविधा दिएको छ । 

त्यस्तै फोनको पछाडि तीन ओटा क्यामेरा हुने बताइएको छ । जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, अल्ट्रावाइड १३ मेगापिक्सेल र ८ मेगापिक्सेलको म्याक्रो क्यामेरा हुनेछन् ।

त्यस्तै सेल्फीका लागि कम्पनीले ३२ मेगापिक्सेल क्यामेरा प्रयोग गर्ने जनाइएको छ । १६ जीबी र्‍याम र २५६ जीबी स्टोरेज हुने बताइएको यो फोनको सुरुवाती मूल्य एक लाख रुपैयाँ बढी अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ ९:११