close

पार्टीलाई फसाउन जनवरीको अडियो अहिले हालियोः ढाका कुमार श्रेष्ठ

टेकपाना टेकपाना

चैत २९, २०७९ १९:१३

पार्टीलाई फसाउन जनवरीको अडियो अहिले हालियोः ढाका कुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई चार तिरबाट सुनियोजित ढंगले प्रहार गर्न जनवरी-फेब्रुअरीतिरकाे अडियो लिक भएकाे बताएका छन् ।

बुधबार रास्वपाको पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले चुनावको बेला पार्टीलाई प्रहार गर्न अडियाे प्रकरण ल्याइएकाे आरोप लगाए ।

''जनवरी-फेब्रुअरीमा भएको अडियो अहिले हाल्नु भनेको सुनियोजित ढङ्गले चारैतिरबाट हाम्रो पार्टीलाई प्रहार गरिएको हो," उनले भने, "पार्टीलाई तीन ओटै निर्वाचन क्षेत्रबाट हराउन रचिएको सुनियोजित योजना हो ।"

जनवरी-फेब्रुअरीतिरकाे अडियाे अहिले लिक भएकाे उनले उल्लेख गरेपनि अडियाे भने नक्कली रहेकाे दाबी गरे ।

"यो अडियो खास अथेन्टिक होइन । ह्वाट्सएपमा कुरा गरिएको भनिएको छ । मेरा कुराहरू कहाँकहाँबाट जोडिएर अहिले यहाँ मिडियामा आएको छ । योप्रति म खेद प्रकट गर्दछु ।" 

पार्टीले अनुसन्धानका लागि गरेको निलम्बनलाई स्वागत गरेको बताउँदै उनले भने, ''म हिजैबाट न्यायलय गइसकेको छु । मेरा शुभचिन्तक महानुभावहरू तपाईँहरू निश्चिन्त हुनुहोला, म न्यायालय गएर सम्पूर्ण कुरा प्रष्ट पारेर मेरो क्लिन चिट ल्याएर म फेरि यसरी नै प्रेस मिट गर्नेछु, त्यतिन्जेल धैर्य धारण गर्नुहोला ।'' 

मन्त्री बन्न पार्टीको कोर टिमलाई साढे दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले रकम मागेको अडियो कुराकानी गत आइतबार सार्वजनिक भएको थियो । 

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १९:२८