close

ट्र्याकिङ प्रणालीको सहयोगमा ४४ फर्मबाट झण्डै ५६ करोडको मालवस्तु जफत

टेकपाना टेकपाना

चैत ३०, २०७९ १९:१४

ट्र्याकिङ प्रणालीको सहयोगमा ४४ फर्मबाट झण्डै ५६ करोडको मालवस्तु जफत

काठमाडौं । राजस्व अनुसन्धान विभागले ट्रयाकिङ प्रणालीको सहयोगमा अनुसन्धानको क्रममा ४४ फर्मबाट ५५ करोड ७७ लाख ४२ हजार मूल्यका मालवस्तु जफत गरेको छ ।

महालेखा परीक्षकको ६०औँ प्रतिवेदनको सारांशले यस्तो विवरण बाहिर ल्याएको हो । राजस्व चुहावट ऐन २०५२ को दफा १३ ‘ग’ मा कानून बमोजिम एक स्थानबाट अर्को स्थानमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट  गरेर मात्र ओसारपसार गर्नुपर्ने व्यवस्था छ ।

यस वर्ष विभागले ट्रयाकिङ प्रणालीबाट ७५ लाख ४१ हजार ४७७ पटक सवारी साधनको ट्रयाकिङ गरेको छ । जसबाट ८४ फर्मलाई ६० लाख ९६ हजार रुपैयाँ  जरिवाना गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १९:३२