close

नयाँ वर्षकै दिन राष्ट्रिय योजना आयोगको साइट ह्याक

टेकपाना टेकपाना

बैशाख १, २०८० १९:२९

नयाँ वर्षकै दिन राष्ट्रिय योजना आयोगको साइट ह्याक

काठमाडौं । राष्ट्रिय योजना आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । ​ह्याक भएको उक्त साइट अनलाइन जुवा खेलाउने प्लेटफर्ममा रिडाइरेक्ट भएको देखिन्छ ।

साइबर सुरक्षाका विषयमा जानकार विजय लिम्बूका अनुसार आयोगको वेबसाइट पहिले ह्याक गरी अर्काे वेबसाइटमा रिडाइरेक्ट गरिएकाे छ ।

रिडाइरेक्ट गरिएको उक्त साइटबाट 'स्लट ७७७' नामक अनलाइन क्यासिनो खेलको प्रचार गरिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनर्देशक एवं सूचना अधिकारी रमेशप्रसाद पोखरेलले साइट ह्याक भएको सूचना प्राप्त भइसकेको र त्यसलाई तत्कालै डाउन गर्न लागेको बताएका छन् । उक्त साइट डाउन गरिसकेपछि त्यसबारे थप सूचना सङ्कलन गरिने उनले बताए । 

 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० ७:४८