close

एन्ड्रोइड १४ को बेटा भर्सन सार्वजनिक, यी मोबाइलमा हुनेछ उपलब्ध

टेकपाना टेकपाना

बैशाख २, २०८० ७:५१

एन्ड्रोइड १४ को बेटा भर्सन सार्वजनिक, यी मोबाइलमा हुनेछ उपलब्ध

काठमाडौं । गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एन्ड्रोइड १४ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यो ओएसको चार ओटा भर्सन सार्वजनिक गर्ने घोषणा गरेको छ । तीमध्ये पहिलो भर्सन शुक्रबार उपलब्ध गराइएकाे छ ।

पिक्सेल फोर ए फाइभजीभन्दा माथिका पिक्सेल स्मार्टफोनमा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिनेछ । सबै बेटा भर्सनहरू आफैंमा पूर्ण भइसकेका हुँदैनन् । त्यसैले बेटा भर्सन प्रयोग गर्नुभन्दा अगाडि यसमा बग हुन्छन् भन्ने विषयमा पनि जानकार हुनु जरुरी छ ।

विशेषतः डेभलपरहरूले एप परीक्षण गर्नको बेटा भर्सनको ओएस तयार पारिन्छ । यसैले तपाईँले प्रयोग गर्नैपर्छ भन्ने हुन्न । तर कस्ता फिचर आउँदैछन् भनेर थाहा पाउन उत्सुक हुनुहुन्छ बेटा भर्सन प्रयोग गर्न सक्नुहुन्छ ।

बेटा भर्सनमा धेरै फिचरहरू उपलब्ध गराइएको छैन । यद्यपि यसमा दुई यूआई अपडेट भने दिइएको छ । 
 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० ८:४५