close

नेपाल बैंकको ईमेल र लिङ्क दुरुपयोग, सचेत रहन आग्रह

टेकपाना टेकपाना

बैशाख ८, २०८० ९:३८

नेपाल बैंकको ईमेल र लिङ्क दुरुपयोग, सचेत रहन आग्रह

काठमाडौं । नेपाल बैंकको फोटो, ईमेल र लिङ्क प्रयोग गरेर रकम ठगी गरेको पाइएको छ । विभिन्न सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्ति/समूहहरूबाट नेपाल बैंकको लोगो तथा बैकसंग सम्बन्धित फोटो, ईमेल तथा लिङ्कहरू प्रयोग गरी कर्जा स्वीकृति पत्र, चिठ्ठा, उपहार कार्यक्रम लगायत विभिन्न आर्थिक प्रलोभन देखाइ ठगी हुने गरेको पाइएको हो । 

बैंकका अनुसार फेसबुक, ट्वीटरु, इन्स्टाग्राम, टिकटक, युट्युब, ह्वाट्सएप, इमो र भाइबर मार्फत विभिन्न आर्थिक प्रलोभन देखाइ रकम ठगी गरेको भन्ने गुनासो ग्राहकबाट धेरै आएको कम्पनीले जनाएको  छ । 

बैंकले कुनै पनि सामाजिक सञ्जालका माध्यमबाट कर्जा स्वीकृतिको काम नगर्ने बताउँदै आफूहरूले कुनै चिठ्ठा वा उपहारको पनि घोषणा नगरेको जानकारी दिएको छ । 

साथै केवाईसी अपडेटको लागि वा खातामा पैसा जम्मा गरिदिने लगायतका लागि कुनै पनि प्रयोजनका लागि बैंकले सामाजिक सञ्जालमार्फत ओटीपी, लिङ्क, पिन कोड वा पासवर्ड माग्दैन भन्दै यस्ता कुनै विवरण माग्ने व्यक्ति वा संस्थाको विश्वास नगर्न बैंकले आग्रह गरेको छ । 

साथै बैंकको नाममा कुनै पनि अनधिकृत सामाजिक सञ्जालबाट आएको सूचनाको विश्वास नगर्न पनि बैंकले आग्रह गरेको छ ।  
 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० ९:३८