close

ह्याक भएको  फेसबुक पेज फिर्ता लिन सशस्त्र प्रहरी असफल, नाम पनि फेरियो

टेकपाना टेकपाना

बैशाख ८, २०८० १०:२१

ह्याक भएको  फेसबुक पेज फिर्ता लिन सशस्त्र प्रहरी असफल, नाम पनि फेरियो

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो फेसबुक पेज फिर्ता लिन सकिरहेको छैन । केही समय अगाडि ह्याक भएको उक्त फेसबुक पेजमा भियतनामी भाषामा पोस्ट आएको थियो । 

अहिले भने ह्याकरले फेसबुक पेजको नाम नै परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलको फेसबुक पेजको नाम परिवर्तन गरेर अहिले 'Đỗ Thị Vân Anh Chủ Tịch tập đoàn DOVA GROUP' राखिएको छ ।

यो भियतनामी भाषा हो । Do Thi Van Anh एक भियातनामी नाम हो भने Dova group भियतनामको एक कम्पनीको नाम भएको पाइएको छ । पेजमा उपलब्ध विवरण अनुसार पेज व्यवस्थापन गर्ने स्थान र व्यक्तिको विवरणमा कोलम्बिया र भियतनाम भनेर उल्लेख गरेको छ । 

साथै पेजलाई सौन्दर्यको क्याटगरीमा राखिएको छ । पेजको सम्पर्क विवरण भने अहिले पनि सशस्त्र प्रहरीकै छ । 

सशस्त्र प्रहरीको पेजका ६ लाख २८ हजार फलोअर्स छन् । यसअघि टेकपानासँग भएको कुराकानीमा सशस्त्र प्रहरीले आफ्नो फेसबुक पेजमा समस्या आएको र समाधानका प्रयास भइरहेको बताएको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १०:२१