close

सिम डुप्लिकेसन गरेर अर्कै व्यक्तिको बैंक खाताबाट पैसा निकाल्ने युवक पक्राउ

टेकपाना टेकपाना

बैशाख ९, २०८० ७:५६

सिम डुप्लिकेसन गरेर अर्कै व्यक्तिको बैंक खाताबाट पैसा निकाल्ने युवक पक्राउ

काठमाडौं । सिम डुप्लिकेसन (कागजात देखाएर अर्कै व्यक्तिको नाममा रहेको सिम पुनः निकाल्ने काम) गरेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २३ वर्षीय अनिल थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित थापाले विभिन्न बैंकको अनलाइन भाइबर ग्रुपको दुरुपयोग गरी सिम डुप्लिकेसन गरेका थिए ।

नक्कली कागजात प्राप्त गरेपछि थापाले पीडितको बैंक अकाउन्टमा पहुँच बनाए । त्यसपछि कार्डलेस एटीएममार्फत रकम निकालेर ठगी गरेको प्रहरीले जनाएको छ ।

आरोपित थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० ७:५६