close

महिलाको अश्लील फोटो र भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै ब्ल्याकमेल गर्ने पुरुष पक्राउ

टेकपाना टेकपाना

बैशाख ९, २०८० १०:३०

महिलाको अश्लील फोटो र भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै ब्ल्याकमेल गर्ने पुरुष पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी महिलाकाे चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साे घटनामा संलग्न भएकाे आरोपमा दोलखाका ३७ वर्षीय शम्भु कार्कीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार शम्भुले आफ्नै नामको फेसबुक अकाउन्टबाट पीडित महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । महिलाले रिक्वेस्ट एसेप्ट गरेपछि उनीहरूबीच मेसेन्जरमा कुरा हुन थाल्यो । कुरा हुँदै जाँदा शम्भुले प्रलाेभन देखाएर पीडित महिलाको अश्लील भिडिओ तथा फोटोहरू प्राप्त गरे । त्यही फोटो र भिडिओको आडमा शम्भु पीडित महिलालाई ब्ल्याकमेल गर्न थाले ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शम्भुले महिलाका फोटो तथा भिडिओ आफन्तलाई पठाइदिने भन्दै धम्की दिएको पाइएकाे छ । उनलाई आपराधिक लाभ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० १०:३०