close

साथीलाई दिएको सापटी रकम फिर्ता माग्नु छ ? ईसेवाको यो फिचर प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ७:२९

साथीलाई दिएको सापटी रकम फिर्ता माग्नु छ ? ईसेवाको यो फिचर प्रयोग गर्नुहोस्

काठमाडौं । हामीले विभिन्न समयमा आफ्ना आफन्त तथा साथीभाइलाई रकम सापटी दिएका हुन्छौं ।

तर, कतिपय अवस्थामा सापटी रकम दिएको मान्छेले वास्ता गरेको हुँदैन भने केही अवस्थामा हामीलाई रकम माग्न सकस पर्छ ।

सर्वसाधारणको यस्तै समस्या समाधान गर्न डिजिटल वालेट कम्पनी ईसेवाले ‘रिक्वेस्ट मनी’ फिचर सञ्चालन गरिरहेकाे छ ।

आज हामी उक्त फिचर प्रयोग गरी सापटी दिएको रकम कसरी माग्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं:

- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।

 

- त्यसपछि होमपेजमा रहेको 'रिक्वेस्ट मनी' अप्सनमा ट्याप गर्नुहोस् ।

- अनि, रिक्वेस्ट अमाउन्ट (Request Amount) को बक्समा आफूले पाउनुपर्ने रकम टाइप गर्नुहोस् ।

 

- ईसेवा आईडीको अप्सनमा आफूले सापटी दिएको रकम माग्नुपर्ने व्यक्तिको ईसेवा आईडी नम्बर राख्नुहोस् ।

 

- यति गरपछि 'रिक्वेस्ट' बटनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि खुलेको नयाँ पेजमा तपाईंले राखेको विवरण उल्लेख गरिएको हुन्छ । यदि त्यहाँ भएको विवरण सही छ भने 'कन्फर्म' बटनमा ट्याप गर्नुहोस् ।

- र, आफ्नो ईसेवाको पिन राख्नुहोस् । यति गरेपछि तपाईंले रकम माग गरेको व्यक्तिको डिभाइसमा नोटिफिकेसन जान्छ ।

-त्यसपछि तपाईंले रकम माग गरेको व्यक्तिले उक्त नोटिफिकेसनमा गएर वा सोझै 'रिक्वेस्ट मनी' अप्सनभित्र आएको रिक्वेस्ट एसेप्ट गरी रकम पठाउन सकिन्छ ।

यो फिचर आफूले कसैसँग सापटी माग्दा वा सापटी दिएको रकम माग गर्दा वा पैसा पठाउँदा नम्बर गलत पर्ने समस्या नआओस् भन्नका लागि प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ७:२९