close

एनसेल ग्राहकले अब आफैं भ्वाइस, डेटा र एसएमएस सेवाको बन्डल प्याक बनाउन सक्ने

टेकपाना टेकपाना

जेठ ४, २०८० १८:२७

एनसेल ग्राहकले अब आफैं भ्वाइस, डेटा र एसएमएस सेवाको बन्डल प्याक बनाउन सक्ने

काठमाडौ । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेल आजियाटाले ‘एनसेल माई प्लान’ सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफैं बनाई सुलभ दरमा सेवाहरू प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफैं बनाएर सेवा लिन सक्छन् । ग्राहक आफैंले आफ्नो प्याक बनाउनसक्ने यस्ताे सुविधा नेपालमै पहिलाे पटक सञ्चालनमा आएको कम्पनीकाे भनाइ छ ।

‘एनसेल माई प्लान’ मा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुई ओटा विकल्प रहेका छन् । ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्छन् ।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा एक्टिभेट गर्न सक्छन् ।

माई प्लान ५०० को करसहित रु. ५०० पर्दछ र यसमा ग्राहकले रु. ५०० बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफैं बनाउन सक्छन् ।

त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु. ५०० भन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन् ।

साथै प्लानमा पाइने सेवाबाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

''माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन्, त्यसै अनुरुप प्लानको मूल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ । माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्छन्,'' कम्पनीले विज्ञप्तिमा भनेकाे छ ।

एनसेल एपबाट लिन सकिने यो विषेश सुविधाले कर्पोरेट ग्राहकका लागि ठूलो महत्व राख्ने कम्पनीले उल्लेख गरेकाे छ ।

एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर 'माई प्लान'मा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्छन् ।

उदाहरणको लागि ग्राहकले रु. ३०० बराबरको डेटा, रु. १५० बराबरको अफ नेट र अन नेट कल र रु. ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन् ।

''यो प्याक ३० दिनको समय चक्रमा सञ्चालन हुने हुँदा आउटगोइङ सेवामा अवरोध नआओस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नुपर्छ । ३० दिनको समय अघि नै माई प्लानका सेवाहरुको प्रगोय गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्,'' कम्पनीले भनेकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १८:४४