close

अब स्मार्टफोनमा पनि क्यानन क्यामेरा

टेकपाना टेकपाना

जेठ ६, २०८० १९:३२

अब स्मार्टफोनमा पनि क्यानन क्यामेरा

काठमाडौं । पछिल्लो समयमा क्यामेरा कम्पनी र स्मार्टफोन निर्माताबीच सहकार्य बढ्दो छ । लाइकाले साओमी, जेइसले भिभो, ह्यसलब्लाडले ओप्पो र वनप्लससँग साझेदारी गरेका छन् ।

यसैबीच चर्चित क्यामेरा कम्पनी क्याननले पनि स्मार्टफोन निर्मातासँग सहकार्य गर्न खोजिरहेको समाचार बाहिरिएको छ । यद्यपि कुन स्मार्टफोन ब्रान्डसँग सहकार्य हुन्छ भन्ने कुरा निश्चित छैन ।

साओमी, भिभो, ओप्पो, वनप्लस लगायतले विभिन्न क्यामेरा कम्पनीसँग सहकार्य गरिसकेको अवस्थामा क्याननले एसुस, गुगल, अनर, ह्वावे, मोटोराेला, रियलमी, सामसङमध्ये कुनै एकसँग साझेदारी गर्नसक्ने अनुमान गरिएको छ ।

स्मार्टफोन र क्यामेरा कम्पनीबीचको यस्तो सहकार्यले प्राय: तस्वीरको गुणस्तर बढाउने पाइएको छ, जसमा स्मार्टफोनको हार्डवेयर र सफ्टवेयरकाे प्रदर्शनमै सुधार भएको चर्चा गरिन्छ ।

तर वनप्लसले ह्यसलब्लाड जस्तो चर्चित ब्राण्डसँग सहकार्य गरेपनि वनप्लस ११ को क्यामेरा उत्कृष्ट नभएको गुनासो प्रयोगकर्ताले गरेका थिए । यता लाइकामा आधारित साओमी १३ प्रोको क्यामेरामा भने लो लाइट र कलर रिप्रोडक्सनमा निकै राम्रो भएको बताइएको थियो ।

यी कुराको बीच क्यानन र स्मार्टफोनको सहकार्यलाई निकै चासोका साथ हेरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८० १९:३२