काठमाडौं । सरकारले विदेशमा काम गरी फर्केका श्रमिकले एउटा जुनसुकै आकारको टेलिभिजन ल्याउन पाउने व्यवस्था गर्ने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।
"सामाजिक सुरक्षा कोषमा आवद्ध भई १२ महिना काम गरी फर्केका व्यक्तिले आफ्नो साथमा ल्याएको एउटा जुनसुकै आकारको टेलिभिजनमा भन्सार महसुल छुट दिएको छु," उनले भने ।
श्रम स्वीकृति लिएर छ महिना काम गरी फर्केका जेठ १ देखि थप एक थान मोबाइल ल्याउन पाउने व्यवस्था थियो ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ ४:३६
