सेभ द चिल्ड्रेनमा जागिर खुल्यो भन्दै अनलाइनमा झुटो विज्ञापन, सतर्क रहन आग्रह
पुस २१, २०८० १३:३
काठमाडौं । गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले नेपालमा आफ्नो नाम र लोगो अनलाइनमा दुरुपयोग भइरहेको भन्दै सतर्क रहन अनुराेध गरेकाे छ ।
एक सूचना जारी गर्दै उक्त संस्थाले नाम र लोगो अनधिकृत रूपमा प्रयोग गरी विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरूमा रोजगारी सम्बन्धी झुटा र भ्रमपूर्ण सूचना प्रकाशित भइरहेकाले सतर्क रहन अनुराेध गरेकाे हाे ।
रोजगारीका अवसर र खरिदबिक्री सम्बन्धी सूचना आफ्नो आधिकारिक वेबसाइट, विश्वसनीय रोजगारीसम्बन्धी वेब पोर्टल तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने उक्त संस्थाकाे भनाइ छ ।
त्यस्तै कर्मचारी भर्ना प्रक्रिया अन्तर्गतका निवेदन, अन्तर्वार्ता जस्ता कर्मचारी छनोटका चरणमा सेभ द चिल्ड्रेनले कुनै पनि किसिमको शुल्क नलिने जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८० १३:३
