नेपाल भित्रिए ३२ अर्ब मूल्य बराबरका झन्डै २० लाख स्मार्टफोन, ६ अर्ब भन्सार राजस्व संकलन
असार ७, २०८२ १९:२१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म ३२ अर्ब आठ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका हुन् ।
पछिल्लो ११ महिनाको यो आयात अघिल्लो आव ०८०/८१ को पूरै वर्षको तुलनामा बढी हो । गत आवमा १८ लाख ३९ हजार थान स्मार्टफोन आयात हुँदा २८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो ।
स्मार्टफोन आयात वृद्धिसँगै सरकारले चालु आवमा पाँच अर्ब ९८ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ ।
नेपाली बजारमा हाल २० हजारदेखि ३० हजार रुपैयाँसम्मका मोडेलहरूको माग उच्च रहेको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:२९
