close

मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

टेकपाना टेकपाना

असार ३१, २०८२ १५:५२

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । करेन्ट लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ । बराहापोखरी गाउँपालिका वडा नं ४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको सोमबार राति मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

 

वडाध्यक्ष सन्तोष आचार्यका अनुसार करेन्ट लागेको केही समयमा नै राईको मृत्यु भएको थियो । “चार्जर निकाल्ने बेलामा प्लगमा झ्यारझ्यार आवाज आइरहेको रहेछ । उहाँ खाली खुट्टामा हुनुहुन्थ्यो,” उनले टेकपानासँग भने । 

घटनाको जानकारी प्राप्त भएपछि फाक्टाङतर्फ प्रहरी खटाइएको र अहिले मुचुल्का उठाउन लागिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीबाट घटनास्थल ९५ किलोमिटर टाढा पर्छ । मौसम र सडकका कारण प्रहरी घटनास्थलमा पुग्न समय लागेको हो ।

घटनास्थलको मुचुल्का उठाइसकेपछि थप जानकारी प्राप्त हुने उनले बताए ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२२