close

अब १ हजारभन्दा कम फलोअर भएका इन्स्टाग्राम प्रयोगकर्ताले लाइभ गर्न नपाउने

टेकपाना टेकपाना

साउन १८, २०८२ १९:७

अब १ हजारभन्दा कम फलोअर भएका इन्स्टाग्राम प्रयोगकर्ताले लाइभ गर्न नपाउने

काठमाडौँ । अब १,००० भन्दा कम फलोअर भएका इन्स्टाग्राम प्रयोगकर्ताले लाइभ गर्न नपाउने भएका छन् । इन्स्टाग्रामले पब्लिक अकाउन्टहरूलाई लक्षित गर्दै आफ्नो लाइभ सुविधाका लागि नयाँ नियम लागु गरेको हो ।

पछिल्ला केही दिनदेखि प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट लाइभ प्रसारणका लागि योग्य नभएको रिपोर्ट गरिरहेका छन् । जब इन्स्टाग्राम प्रयोगकर्ता लाइभ जाने प्रयास गर्छन्, जब एउटा नोटिस देखा पर्छ, जसमा लेखिएको हुन्छ: "हामीले यो सुविधा प्रयोग गर्ने मापदण्ड परिवर्तन गरेका छौँ ।"

उक्त सूचनामा थप भनिएको छ, "१,००० वा सोभन्दा बढी फलोअर भएका सार्वजनिक अकाउन्टहरूले मात्र लाइभ भिडिओ तयार पार्न सक्नेछन् ।"

कम्पनीले इनग्याजेटलाई बताए अनुसार, लाइभ प्रसारण होस्ट गर्ने क्रियटरहरूका लागि उत्कृष्ट अनुभव प्रदान गर्न र सुविधाको समग्र प्रयोग अनुभवमा सुधार ल्याउन यो नयाँ नियम लागु गरिएको हो । यद्यपि, मेटाले १,००० भन्दा कम फलोअर भएका प्रयोगकर्ताहरूले लाइभ गर्दा किन राम्रो अनुभव प्रदान गर्न सकिँदैन भन्नेबारे स्पष्ट पारेको छैन ।

यो नयाँ मापदण्ड पब्लिक अकाउन्टहरूका साथै प्राइभेट गरिएका अकाउन्टहरूमा पनि लागु हुनेछ । यद्यपि, यो परिवर्तन प्राइभेट अकाउन्टहरूमा भर्खरै लागु हुन थालेको छ । त्यसैले हालको सूचनामा पब्लिक अकाउन्टहरूमा मात्र आएको हुन सक्ने देखिएको छ । यसको अर्थ इन्स्टाग्रामले २०२४ मा सुरु गरेको नजिकका तीन जना साथीहरूसँग मात्र लाइभ गर्ने सुविधा पनि बन्द गर्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १९:७