close

भोलि सार्वजनिक हुँदै ७००० एमएएच ब्याट्री-रिभर्स चार्जिङ आदि फिचर भएको रेड्मी नोट १५ प्रो प्लस

टेकपाना टेकपाना

भदौ ४, २०८२ १०:३१

भोलि सार्वजनिक हुँदै ७००० एमएएच ब्याट्री-रिभर्स चार्जिङ आदि फिचर भएको रेड्मी नोट १५ प्रो प्लस

काठमाडौँ । साओमीले भोलि बिहीबार चीनमा सार्वजनिक हुने आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ प्रो प्लसका विभिन्न फिचरहरू पहिले नै बाहिर ल्याएको छ । यही २१ अगस्टमा लन्च हुने यो फोनका केही फिचर साओमीले चिनियाँ सामाजिक सञ्जाल वाइबोमार्फत पुष्टि गरेको हो ।

कम्पनीले यो फोनका ह्यान्ड-अन फोटो र भिडिओहरू पोस्ट गर्नका लागि इन्फ्लुएन्सरहरूलाई पनि प्रयोग गरेको देखिन्छ । कम्पनीका अनुसार रेड्मी नोट १५ प्रो प्लसमा ७,००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यो रेड्मी नोट १४ प्रो प्लसको तुलनामा १२.९% तले बढी हो । यसले १,६०० चार्जिङ साइकलसम्म सपोर्ट गर्ने बताइएको छ ।

फोनमा ९० वाटको वायर्ड चार्जिङ छ, साथै २२.५ वाटको रिभर्स वायर्ड चार्जिङ पनि यसमा समावेश गरिएको छ । जुन रेड्मी नोट १४ प्रो प्लसमा थिएन ।

यो फोनमा ६.८३ इन्चको डिस्प्ले रहेको छ, जुन रेडमी नोट १४ प्रो प्लसको ६.६७ इन्चको तुलनामा ठुलो हो । डिस्प्लेले १.५ के (1.5K) रेजोलुसन र ३,२०० निट्स पिक ब्राइटनेस प्रदान गर्दछ । यसको फुल प्यानल ब्राइटनेस १,८०० निट्स छ र सबै छेउमा हल्का कर्भेचर रहेको छ । डिस्प्लेलाई शाओमीको ड्र्यागन क्रिस्टल ग्लास (Dragon Crystal Glass) ले सुरक्षित गरिएको छ ।

यो फोनमा आईपी ६९ के (IP69K) सर्टिफिकेसन र ग्लास फाइबर ब्याक प्यानल रहेको छ, जसले ब्याट्रीलाई थप सुरक्षा प्रदान गर्दछ । अडियोको कुरा गर्ने हो भने डिभाइसमा ४०० प्रतिशतसम्मको लाउडनेस मोड सहितका स्पिकर छन् । यद्यपि, साओमीले उल्लेख गरेको ८२.५ डीबी पिक भोलुम यसको पूर्ववर्ती मोडलको तुलनामा कम हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ १०:३८