एन्ड्रोइड १६ मा आधारित साओमीको हाइपरओएस ३.० घोषणा, सुपर आइल्याण्ड सहित यस्ता छन् फिचर
भदौ १३, २०८२ १५:६
काठमाडौँ । साओमीले आफ्ना डिभाइसका लागि एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३.० घोषणा गरेको छ । नयाँ आइकनहरू, परिष्कृत स्टेटस बार, सुपर आइल्याण्ड (Super Island) सुविधा सहित कम्पनीले हाइपरओएसको नयाँ संस्करण प्रदर्शन गरेको हो । यो घोषणा चिनियाँ बजारका लागि भएकोले केही सुविधा र रिलिज मितिहरू फरक हुन सक्ने बताइएको छ ।
केके छन् विशेषता ?
सुपर आइल्याण्ड
हाइपरओएस ३.० मा दिइएको यो सुविधा एप्पलको डाइनामिक आइल्याण्ड जस्तै छ । यसले वास्तविक-समयका एप गतिविधिहरू, अपोइन्टमेन्टहरू, बुकिङहरू र मिडिया प्लेब्याक कन्ट्रोलबारे प्रासंगिक जानकारी प्रदान गर्दछ । हाइपरओएसमा सुपर आइल्याण्ड नोटिफिकेसन प्यानलमा सक्रिय रहन्छ ।
नयाँ डिजाइन
हाइपरओएसको नयाँ संस्करणमा नयाँ आइकनहरू अझ सरल बनाइएको कम्पनीले जनाएको छ । यो आईओएस शैलीसँग मिल्दोजुल्दो छ । यसमा एडजस्ट गर्न मिल्ने होम ग्रिड र परिष्कृत स्टेटस बार पनि रहेको छ ।
एआई क्षमता र प्रदर्शन
नयाँ अपरेटिङ सिस्टमले एआई क्षमतामा सुधार र कार्यसम्पादन वृद्धिका लागि आन्तरिक समायोजन पनि प्रदान गर्दछ ।
एप्पल डिभाइसहरूसँग कनेक्टिभिटी
ओप्पो र वनप्लस जस्तै साओमीले पनि अब आईफोन, आईप्याड र म्याकसँग कनेक्ट गरेर सहजै डेटा ट्रान्सफर गर्ने सुविधा दिएको छ ।
नयाँ डायलर एप
साओमीले नयाँ डिजाइन गरिएको डायलर एप पनि प्रदर्शन गरेको छ । तर यो चिनियाँ बजारमा मात्र सीमित हुन सक्छ । किनभने ग्लोबल र युरोपियन रोमहरूले गुगलको फोन एप प्रयोग गर्छन् ।
बेटा प्रोग्राम र रिलिज मिति
साओमीले हाइपरओएस ३.० बेटा प्रोग्रामका लागि योग्य उपकरणहरूको सूची र रिलिज मितिहरू पनि सार्वजनिक गरेको छ । स्टेबल हाइपरओएस ३.० संस्करण यस वर्षको चौथो त्रैमासिकमा आउने अपेक्षा छ ।
अगस्ट २९:
-
साओमी १५ अल्ट्रा (Xiaomi 15 Ultra)
-
साओमी १५एस प्रो (Xiaomi 15S Pro)
-
साओमी १५ प्रो (Xiaomi 15 Pro)
-
साओमी १५ (Xiaomi 15)
-
रेड्मी के८० प्रो (Redmi K80 Pro)
-
रेड्मी के८० एक्स्ट्रिम एडिसन (Redmi K80 Extreme Edition)
-
साओमी प्याड ७एस प्रो १२.५ (Xiaomi Pad 7S Pro 12.5)
-
साओमी प्याड ७ प्रो (Xiaomi Pad 7 Pro)
-
पोको एफ७ मोडलहरू (POCO F7 models)
सेप्टेम्बर १७:
-
साओमी मिक्स फ्लिप २ (Xiaomi MIX Flip 2)
-
रेड्मी के८० (Redmi K80)
-
साओमी प्याड ७ अल्ट्रा (Xiaomi Pad 7 Ultra)
-
साओमी प्याड ७ (Xiaomi Pad 7)
-
रेड्मी के प्याड (Redmi K Pad)
-
साओमी टिभी एस प्रो मिनी एलईडी २०२५ सिरिज (Xiaomi TV S Pro Mini LED 2025 series)
-
साओमी टिबी एस प्रो मिनी एलईडी सिरिज (Xiaomi TB S Pro Mini LED series)
सेप्टेम्बर ३०:
-
साओमी मिक्स फोल्ड ४ (Xiaomi MIX Fold 4)
-
साओमी मिक्स फ्लिप (Xiaomi MIX Flip)
-
साओमी १४ अल्ट्रा/टाइटेनियम स्पेशल एडिसन (Xiaomi 14 Ultra/Titanium Special Edition)
-
साओमी १४ प्रो/टाइटेनियम स्पेशल एडिसन (Xiaomi 14 Pro/Titanium Special Edition)
-
साओमी १४ (Xiaomi 14)
-
रेड्मी के७० प्रो (Redmi K70 Pro)
-
रेड्मी के७० एक्स्ट्रिम एडिसन (Redmi K70 Extreme Edition)
-
रेड्मी के७० (Redmi K70)
-
रेड्मी के७०ई (Redmi K70E)
-
साओमी प्याड ६एस प्रो १२.४ (Xiaomi Pad 6S Pro 12.4)
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १५:२१
