close

नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ ले जित्यो ‘एसियन ह्याकाथन २०२५’ को उपाधि

टेकपाना टेकपाना

भदौ २३, २०८२ ९:३६

नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ ले जित्यो ‘एसियन ह्याकाथन २०२५’ को उपाधि

काठमाडौँ । अन्तर कलेज स्तरीय ‘एसियन ह्याकाथन २०२५’ मा नेपाल इन्जिनियरिङ कलेजको ‘कोड टु कन्भर्ट’ समूहले जीत हात पारेको छ । १९-२१ भदौसम्म एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजमा आयोजित उक्त ह्याकाथनमा शीर्ष स्थान हात पार्दै समूहले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो । 

उक्त समूहले ह्याकाथनमा खुद्रा सामग्रीको विश्लेषण गर्ने ‘पसले’ परियोजना अघि सारेको थियो । उनीहरूले पाइथनमा आधारित एनालिटिक्स ब्याकएन्ड (मार्केट फिट एनलाइजर) सँग इन्टिग्रेट गरेर पसले मोबाइल एप्लिकेसन तयार गरेका छन् । उक्त एपको व्यवहारिक प्रभाव र प्राविधिक पक्षहरूले निर्णायकको ध्यान खिचेको थियो । 

यस्तै काठमाडौँ विश्वविद्यालयबाट ‘मेन्टर मेट्रिक्स’ फर्स्ट रनर अप र ख्वप इन्जिनियरिङ कलेजबाट ‘कोत्रिकाश’ सेकेन्ड रनर अप भए । उनीहरूले क्रमश: २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

उत्कृष्ट प्रस्तुतिका लागि अमृत साइन्स क्याम्पसबाट ‘बाइट म्याभेरिक्स’ र फ्युचरिस्टिक आइडिया अवार्डबाट काठमाडौँ बिजनेस क्याम्पस सम्मानित भए । सफ्टवेरिका कलेज अफ आईटीको ‘डिबग डाइनेस्टी’ उत्कृष्ट यूआई/यूएक्स डिजाइनका लागि सम्मानित हुँदा  एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको ‘इनसिङ्क’ मेन्टर्स चोइस अवार्डबाट सम्मानित भयो । 

उक्त कार्यक्रमले देशभरका कलेजहरूबाट उत्कृष्ट युवा आविष्कारक, प्राविधिज्ञ र समस्या समाधानकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो । 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ ९:३६