भोलि पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा, राति ७ बजेपछिको समयमा कर्फ्यु
भदौ २५, २०८२ २१:३६
काठमाडौँ । नेपाली सेनाले भोलि र पर्सि समेत निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिने भएको छ ।
बुधबार एक अपडेट सार्वजनिक गर्दै नेपाली सेनाले भोलि २६ भदौको दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि पर्सि २७ भदौ बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जानकारी दिएको हो ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको सेनाले जनाएको छ ।
यसै हिसाबले अत्यावश्यक कार्यको लागि आवतजावत गर्नका लागि भोलि बिहीबार बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु लागु हुने छैन ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ २१:३६
