काठमाडौँ । साओमी नेपालले आफ्नो लोकप्रिय ब्रान्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिने घोषणा गरेको छ । ‘साओमी महा फेस्टिभल’ उत्सवको अवसरमा भन्दै कम्पनीले यस्तो छुट ल्याएको हो ।
रेड्मी नोट १४ सिरिजका विभिन्न भेरियन्टहरूमा एक हजार रुपैयाँसम्मको छुट दिइएको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वालका अनुसार रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैँ विशेष स्थान बनाएको छ । उनले यो नयाँ मूल्य निर्धारण आफ्नो बाचा पुनः दोहोर्याउने प्रयास भएको बताए ।
यस मूल्य समायोजनले अब धेरै प्रयोगकर्ताहरूलाई कुनै सम्झौता नगरी सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव लिन मद्दत पुग्ने कम्पनीले जनाएको छ । यसले रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने र फ्ल्यागशिप स्तरको डिजाइन र पर्फर्मेन्सको अनुभव सरल मूल्यमा गर्न सकिने अपेक्षा राखिएको छ ।
संशोधित मूल्य सूची
|
मोडेल |
भेरियन्ट |
पुरानो मूल्य |
नयाँ मूल्य (रु.) |
|
रेड्मी नोट १४ |
6GB + 128GB |
रु. २४,९९९ |
रु. २३,९९९ |
|
8GB + 256GB |
रु. २७,९९९ |
रु. २६,९९९ |
|
|
रेड्मी नोट १४ (5G) |
8GB + 256GB |
रु. ३०,९९९ |
रु. २९,९९९ |
|
12GB + 512GB |
रु. ३५,९९९ |
रु. ३४,९९९ |
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र एड्भान्स क्यामेरा सिस्टमको संयोजनको रूपमा रहेको रेड्मी नोट १४ सिरिजको संशोधित मूल्य ७ असोजदेखि लागु भएको हो ।
यो सिरिज नेपालभर रहेका साओमीका सबै आधिकारिक विक्रेता, खुद्रा विक्रेता तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ २२:११
