लक्ष्मीपूजाको अवसरमा नयाँ टेराकोटा रङमा सार्वजनिक भयो इलेक्ट्रिक स्कुटर एथर रिज्टा
कात्तिक ३, २०८२ १६:१०
काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जी नेपालले आफ्नो लोकप्रिय फ्यामिली स्कुटर एथर रिज्टा (Ather Rizta) लाई नयाँ आकर्षक टेराकोटा रातो (Terracotta Red) रङमा ल्याएको छ । लक्ष्मीपूजाको शुभ अवसरमा यो विशेष संस्करण सार्वजनिक गरिएको हो ।
नयाँ टेराकोटा रातो मोनोटोन र डुअल-टोन दुवै भर्सनमा उपलब्ध हुने बताइएको छ । यससँगै एथर रिज्टा अब ९ फरक फरक रङहरूमा उपलब्ध हुनेछ । जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलो पटक प्रस्तुत भएदेखि नै यसले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । कम्पनीका अनुसार यो स्कुटरले नेपाली प्रयोगकर्ताहरूको जीवनशैली र आवश्यकता अनुसारको नयाँ स्तर प्रस्तुत गरेको छ । नयाँ टेराकोटा रेड एडिसनले परम्परा र आधुनिकताको सुन्दर मिश्रण प्रस्तुत गर्दै न्यानोपन, स्टाइल र प्रदर्शनको सन्तुलन ल्याउँछ । यसको रङ नेपाली मौलिकता र आधुनिक सौन्दर्यको संयोजनबाट लिइएको कम्पनीको भनाई छ ।
एथर रिज्टा एथरको पहिलो फेमिली स्कुटर हो । जसमा सुरक्षा, सुविधा र दैनिक प्रयोगको व्यवहारिकतालाई प्राथमिकता दिइएको छ । ठुलो सिट, पर्याप्त स्टोरेज र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई परिवारका लागि उपयुक्त स्कुटर बनाएको छ । भारतमा यसको बिक्री पहिलो वर्षमै एक लाखभन्दा बढी युनिट नाघिसकेको छ ।
नेपालमा यसको बिक्री तथा वितरण वैद्य इनर्जी प्रालि मार्फत हुँदै आएको छ । जुन वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस (VOITH) अन्तर्गतको संस्था हो । यस संस्थाले नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखी स्कुटरलाई स्थानीय आवश्यकता अनुसार कस्टमाइज गरेको छ ।
यो स्कुटरले एक पटकको चार्जमा १५९ किमीसम्मको दूरी पार गर्न सक्ने दाबी गरिएको छ । जुन सहरभित्र र सहरबाहिर दुबैका लागि उपयोगी हुन सक्छ ।
४.३ किलोवाट मोटरले तुरुन्त टर्क, स्मुथ एक्सिलेरेसन प्रदान गर्छ । स्किड कन्ट्रोल, अटो होल्ड, इमर्जेन्सी स्टप सिग्नल, र डिस्क ब्रेक जस्ता विशेषता रहेको यो विद्युतीय स्कुटरमा ७ इन्च टचस्क्रिन टीएफटी डिस्प्ले रहेको छ । जसमा गुगल म्याप नेभिगेसन, ब्लुटुथ म्युजिक र कल कन्ट्रोल तथा ओटीए सफ्टवेयर अपडेटको सुविधा लिन सकिन्छ ।
आईपीएक्स ७ रेटेड ब्याट्री, ५ वर्षको वारेन्टी रहेको यसमा ५६ लिटरसम्मको स्टोरेज क्षमता रहेको छ । जसमा ३४ लिटर अन्डर सिट र वैकल्पिक २२ लिटर अगाडिको फ्रन्क (frunk) मा समावेश ।
वैद्य इनर्जीले नेपाली बजारमा ईभी अपनत्व बढाउनका लागि आकर्षक फाइनान्स योजना, लामो अवधिको ब्याट्री वारेन्टी र देशभर फैलिँदै गएको चार्जिङ नेटवर्क मार्फत निरन्तर सहयोग गर्दै आएको छ ।
एथर रिज्टा टेराकोटा रेडको बुकिङ र डेलिभरी हाल नेपालभरका सबै एथर एक्स्पिरियन्स सेन्टरहरूमा खुला छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १७:४
