काठमाडौँ । सञ्चारकर्मी तथा टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ पनि अब युट्युबर बन्ने भएका छन् । बानियाँका घनिष्ठ मित्र अर्का युट्युबर तथा प्रस्तोता टीकाराम यात्रीले यसबारे जानकारी दिएका हुन् ।
यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै राजेन्द्र बानियाँको आगामी यात्रा युट्युबबाट हुने बताए । सँगसँगै उनले बानियाँको युट्युब च्यानलको लिङ्क समेत शेयर गर्दै प्रोत्साहन, रचनात्मक आलोचना र पृष्ठपोषणका लागि सब्सक्राइब गरिदिन अनुरोध गरेका छन् ।
बानियाँ हाल हिमालय टेलिभिजनका प्रधान सम्पादक समेत हुन् । टीकाराम यात्रीले बानियाँको आगामी यात्राबारे पोस्ट गरे पनि बानियाँले हिमालय टेलिभिजन छोडिसकेको विषय भने पुष्टि हुन बाँकी छ ।
यात्री पनि टेलिभिजनको सम्पादक भइसकेपछि युट्युबको दुनियाँमा प्रवेश गरेका थिए । यस बाहेक मूलधारको टेलिभिजन पत्रकारिताबाट दिलभूषण पाठक र बिजयकुमार पाण्डेले समेत युट्युबतर्फ मोडिएका हुन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ २३:४
