close

त्रिविमा मसिनबाटै प्रवेश परीक्षाको उत्तरपुस्तिका जाँचिदै, एक दिनमै नतिजा !

टेकपाना टेकपाना

कात्तिक १२, २०८२ २२:४३

त्रिविमा मसिनबाटै प्रवेश परीक्षाको उत्तरपुस्तिका जाँचिदै, एक दिनमै नतिजा !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थान (आईओएसटी) ले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मसिनबाट उत्तरपुस्तिका जाँच गर्ने तयारी गरेको छ । आगामी २२ र २९ कात्तिकमा हुने बीएससी सीएसआईटी र बीआईटीको प्रवेश परीक्षामा आईओएसटीले पहिलो पटक ओएमआर मसिनबाट उत्तरपुस्तिका जाँच्न लागेको हो । 

यस पटक परीक्षणको रूपमा यस्तो मसिनबाट उत्तरपुस्तिका जाँच गरेर यसको प्रभावकारिता हेर्न लागिएको संस्थानका सहायक डीन डा. महेन्द्र महर्जनले बताए । उनले टेकपानासँग भने, “अहिलेसम्म हामीले म्यानुअल्ली नै उत्तरपुस्तिका जाँच गर्दै आएका थियौँ । तर, विज्ञान तथा प्रविधिसम्बन्धी संस्थान भएपछि प्रविधि पनि प्रयोग गर्नुपर्छ भनेर यस वर्षदेखि चाहिँ ओएमआरबाट जाँच गर्ने तयारी गरेका हौँ ।”

यस वर्ष बीएससी सीएसआईटी र बीआईटीको प्रवेश परीक्षाको मात्र उक्त मसिनबाट जाँच गर्ने र बाँकी विषयका परीक्षामा विस्तारै प्रयोग गरिने उनले जनाए । “यस वर्ष अन्तैबाट मसिन ल्याएर प्रयोग गर्न लागेका हौँ । राम्रो भयो भने संस्थानले आगामी वर्षमा आफ्नै मसिन खरीद गरेर सबै विषयका उत्तर पुस्तिका मसिनबाटै जाँच गर्नेछ,” उनले भने ।

म्यानुअल्ली उत्तरपुस्तिका जाँच गर्दा दुई दिनमा प्रवेश परीक्षाको नतिजा निकाल्दै आएकोमा सो मसिनबाट भने परीक्षा दिएकै दिन नतिजा निकाल्न सकिने बताइएको छ । तीन हजार सिट तोकिएको बीएससी सीएसआईटी र ६०० सिट तोकिएको बीआईटीको प्रवेश परीक्षाको लागि फाराम भर्ने समय असोज मसान्तसम्म तोकिएको थियो । प्रवेश परीक्षाका लागि बीएससी सीएसआईटीतर्फ सात हजार ५०० र बीआईटीतर्फ २५ सयले फाराम भरेका छन् । यी सबै विद्यार्थीले ओएमआरको उत्तरपुस्तिकामा पहिलो पटक प्रवेश परीक्षा दिनेछन् ।

 के हो ओएमआर मसिन ?

अप्टिकल मार्क रिडर अर्थात् ओएमआर मसिन एउटा स्वचालित प्रविधि हो । जसले कागजमा बनाइएको बबल अर्थात् गोलाबाट उत्तरपुस्तिकामा विद्यार्थीले लेखेको उत्तर रिड गर्छ । यो मसिन बहुवैकल्पिक प्रश्नको उत्तर जाँच गर्न प्रयोग गरिन्छ । 

प्रश्नपत्रको उत्तर के के हुन्छन् भनेर उत्तरको सूची पहिल्यै स्क्यान गरेर सफ्टवेयरमा डेटाको रूपमा पठाइएको हुन्छ । सोही डेटाको आधारमा मसिनमा राखिएका उत्तरपुस्तिकाहरूको स्क्यान गर्छ । त्यहाँ विद्यार्थीले ए, बी, सी वा डी मध्ये कुन विकल्पको उत्तर छानेका छन्, सो उत्तर आन्सर किसँग मिल्यो कि मिलेन भनेर मसिनले जाँच गर्छ । त्यसपछि मसिनले विद्यार्थीले प्राप्त गरेको अङ्कसमेत गणना गरेर नतिजा निकाल्छ । 

उत्तरपुस्तिकामा बारकोड नम्बर राखिएको हुन्छ । उक्त बारकोड नम्बर अनुसार मसिनले उत्तरपुस्तिकाको पहिचान गर्छ ।

उक्त मसिनको प्रयोगले मानवीय त्रुटि कम हुने र समयको समेत बचत हुने अपेक्षा गरिएको सहायक डीन डा महर्जनले बताए । उनले भने, “पहिले प्रवेश परीक्षा दिने बित्तिकै सबै कर्मचारीहरू उत्तरपुस्तिका जाँच गर्न खटिनु पर्ने हुन्थ्यो । उत्तर जाँच्ने मान्छे बायस (पूर्वाग्रही) हुन सक्ने सम्भावना हुन्थ्यो । अब मसिनले एकै दिनमा सबै उत्तरपुस्तिका त्रुटि बिना जाँच गर्नेछ ।” 

तर मसिनले गोलाभित्र सही तरिकाले रङ लगाउँदा मात्र रिड गर्ने भएकाले उत्तरपुस्तिकामा विद्यार्थीले गल्ती गर्न सक्ने चिन्ता समेत रहेको छ । 

ओएमआर उत्तरपुस्तिकामा उत्तर लेख्दा  ध्यान दिनुपर्ने कुरा

  • सबैभन्दा पहिला उत्तरपुस्तिकामा बारकोड र त्यसको नम्बर छ की छैन जाँच गर्नुपर्छ ।