२१ र २२ कात्तिकमा नास-आईटी एक्स्पो, नेपाली सफ्टवेयरहरूको विशेष प्रदर्शनी गरिने
कात्तिक १३, २०८२ २३:३६
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी)ले २१ र २२ कात्तिकमा नास-आईटी एक्स्पो आयोजना गर्ने भएको छ ।
ललितपुरको हेरिटेज गार्डेनमा हुने एक्स्पोमा नेपालमा उत्पादित विभिन्न सफ्टवेयरको प्रदर्शनी गरिने नास-आईटीले जनाएको छ ।
यसअन्तर्गत साइबर सुरक्षा तथा आईटी सुरक्षा, फिनटेक/बैङ्किङ तथा भुक्तानी, इन्टरप्राइज सफ्टवेयर, हेल्थटेक, एचआर टेक/ट्यालेन्ट व्यवस्थापन, टेक इनेबल्ड सर्भिसेसमा काम गरिरहेका कम्पनीहरुको उत्पादन राखिने बताइएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ २३:३६
