close

सीजीले ल्यायो एआई प्रविधि युक्त एयर फ्रायर, एपबाटै कन्ट्रोल गर्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक २७, २०८२ १९:३५

सीजीले ल्यायो एआई प्रविधि युक्त एयर फ्रायर, एपबाटै कन्ट्रोल गर्न मिल्ने

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले एआई प्रविधिबाट सञ्चालित एयर फ्रायर सार्वजनिक गरेको छ । सीजी मेरिडिया स्मार्ट एयर फ्रायरको CGMRAF8LAI मोडल सार्वजनिक भएको हो । यो मोडललाई सीजीले नेपालकै पहिलो एआई एयर फ्रायर भएको दाबी गरेको छ । 

यस एयर फ्रायरमा एआई र आईओटी (इन्टरनेट अफ थिङ्स) को संयोजनका साथै इन्टरनल क्यामेरा समेत जडान गरिएको छ । एयर फारयरमा भएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरले खानाको प्रकार र तौल पत्ता लगाउन सक्ने बताइएको छ । जसले खाने कुरा अनुसार तापक्रम, पाक्न लाग्ने समय पत्ता लगाएर सही मात्रामा फ्राइ गर्ने वा पकाउन सक्ने दाबी गरिएको छ । 

सीजी स्मार्ट होम एपमार्फत प्रयोगकर्ताले एयर फ्रायरमा कुकिङ मोड, तापक्रम र समय सेट गर्न सक्ने सुविधा दिइएको छ । १६ हजार १४० रुपैयाँ अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिएको यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेट, कम्पनीको आधिकारिक वेबसाइट र खुद्रा पसलहरूमा उपलब्ध हुने बताइएको छ । 

CGMRAF8LAI एआई एयर फ्रायरमा भएका विशेषता 

  • २५ वटा अटोमेटिक मेनुसहितको एआई प्रणालीले खाना पाक्न लाग्ने समय र तापक्रम मिलाउन सक्ने प्रविधि 

  • खानाको बाहिरी र भित्री दुबै भागलाई कुरकुरे बनाउने नवीन स्प्रे प्रविधि

  • धेरै परिकारहरू एकै पटक पकाउन सक्ने आठ लिटर क्षमताको नन-स्टिक बास्केट 

  • एकै उपकरणमा फ्राइ, ग्रिल, रोस्ट वा बेक गर्न सकिने विकल्पहरू

  • ८० डिग्रीदेखि २०० डिग्रीसम्म तापक्रम नियन्त्रण  गर्न सकिने सुविधा 

  • तेल बिना नै कुरकुरे स्वाद बनाउन सकिने

  • खाना पाकेको छ/छैन बाहिरबाट नै हेर्न सकिने पारदर्शी सिसा राखिएको 

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १९:३५