काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका शैक्षिक प्रमाणपत्रमा आजदेखि क्यूआर कोड अनिवार्य गरेको छ ।
परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एक सूचना निकाल्दै आईटीएमएस अनलाइन प्रणालीमार्फत जारी हुने डिप्लोमा/प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रि-डिप्लोमा तहको मूल प्रमाणपत्रमा अबदेखि क्यूआर कोड समावेश गरिने जानकारी दिएको हो ।
शैक्षिक प्रमाणपत्रहरूको विश्वसनीयता र प्रमाणीकरण प्रक्रियालाई सुरक्षित तथा प्रभावकारी बनाउनका लागि परिषद्ले यो निर्णय लिएको हो । परिषद्ले यस सम्बन्धमा विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइट उपलब्ध रहेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ ८:५१
