close

एनपीएल लक्षित टेलिकमको १ महिने डेटा प्याक, ४९९ मा दैनिक ५ जीबी र ६९९ मा दैनिक १० जीबी पाइने

टेकपाना टेकपाना

मंसिर १, २०८२ ११:३९

एनपीएल लक्षित टेलिकमको १ महिने डेटा प्याक, ४९९ मा दैनिक ५ जीबी र ६९९ मा दैनिक १० जीबी पाइने

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै अनलिमिटेड एनटी एभेन्जर्स अफर ल्याएको छ । आज १ मङ्सिरदेखि एनपीएल अवधिभरका लागि टेलिकमले उक्त अफर ल्याएको हो । 

जसमा टेलिकमले क्रिकेट अनलिमिटेड प्याकेज र क्रिकेट प्रिमियम अनलिमिटेड प्याकेज रहेका छन् । क्रिकेट अनलिमिटेड प्याकेजको मूल्य ४९९ रुपैयाँमा रहेको छ । त्यसमा मासिक १५० जीबी डेटा पाइनेछ । 

एफयूपी प्रति दिन पाँच जीबी र त्यो सकिएपछि थ्रोटलिङ स्पिड दुई एमबीपीएसमा यो डेटा चल्नेछ । त्यसैगरी, टेलिकमले क्रिकेट प्रिमियम अनलिमिटेड प्याकेजको मूल्य ६९९ रुपैयाँ तोकेको छ । मासिक ३०० जीबी डेटा रहने यो प्याकेजको दैनिक एफयूपी अनलिमिटेड १० जीबी रहेको छ । 

एफयूपी लिमिट सकिएपछि भने थ्रोटलिङ स्पिड तीन एमबीपीएस हुने टेलिकमले जनाएको छ । पोस्टपेड प्रयोगकर्ताका लागि सोही मूल्यमा रेन्टल पनि समावेश हुनेछ । प्रिपेड ग्राहकका लागि यी प्याकेजको म्याद २८ दिन र पोस्टपेडका लागि ३० दिन रहने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ ११:४०