काठमाडौँ । क्लाउडफ्लेयर नै डाउन आउँदा नेपालसहितका देशहरूमा सञ्चालन भइरहेको विभिन्न वेबसाइटमा समस्या आएको छ ।
मङ्गलबार अपरान्ह करिब ५ बजेपछि नेपालका अधिकांश सञ्चारमाध्यमका वेबसाइटमा समस्या आइरहेको छ । योसँगै सामाजिक सञ्जाल एक्स, स्पोर्टिफाईलगायत पनि डाउन छन् ।
क्लाउडफ्लेयरले एक सूचना जारी गरी मेन्टेनेन्सको काम भइरहेको भन्दै आवश्यक जानकारी प्रवाह गर्ने जनाएको छ । क्लाउडफ्लेयरले पीपीटी (टाहिटी) डेटा सेन्टरमा मर्मतको काम भइरहेको जनाएको छ ।
कम्पनीले मङ्गलबार १२ बजेदेखि चार बजे (यूटीसी) मा मर्मतको तालिका बनाएको छ । यो भनेको नेपाली समयअनुसार बेलुकी ९ बजेसम्मको समय हो ।
उक्त डेटा सेन्टर हुँदै चल्ने वेबसाइट रिराउट गरेर चलाइने भएकाले ल्याटेन्सी बढेर समस्या आउन सक्ने भन्दै क्लाउडफ्लेयरले सचेत गराएको छ ।
क्लाउडफ्लेयर इन्टरनेट पूर्वाधार प्रदायक हो । जसको सहायता गर्ने प्रविधिकै बलमा धेरै अनलाइनसम्बन्धी सेवा सञ्चालन हुन्छन् । साइबर आक्रमणबाट जोगाउने टुल र उच्च ट्राफिक हुने समयमा अपटाइम कायम गर्न क्लाउडफ्लेयर महत्त्वपूर्ण पूर्वाधार मानिन्छ । कम्पनीले समस्या पहिचानका लागि अनुसन्धान भइरहेको भन्दै धेरै सेवाग्राहीले समस्या भोग्न सक्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १८:४७
