close

मोबाइल एप बनाउन चाहनेहरूका लागि निःशुल्क ‘फ्लटर बुटक्याम्प’ हुँदै, कसरी सहभागी हुने ?

टेकपाना टेकपाना

मंसिर १२, २०८२ ११:३९

मोबाइल एप बनाउन चाहनेहरूका लागि निःशुल्क ‘फ्लटर बुटक्याम्प’ हुँदै, कसरी सहभागी हुने ?

काठमाडौँ । आईटी क्षेत्रमा करियर बनाउन चाहने र मोबाइल एप डेभलपमेन्टमा रुचि राख्नेहरूका लागि ‘स्किल शिक्षा’ले दुई दिने निःशुल्क ‘फ्लटर बुटक्याम्प २.०’ आयोजना गर्ने भएको छ । पहिलो संस्करणको सफलतापछि संस्थाले आगामी १८ र १९ मङ्सिरमा यो बुटक्याम्प सञ्चालन गर्न लागेको हो ।

यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ । सहभागीहरूले शंखमुलस्थित स्किल शिक्षाको कार्यालयमा भौतिक रूपमा उपस्थित भएर वा अनलाइन माध्यमबाट पनि बुटक्याम्पमा सहभागी हुन सक्नेछन् ।

के के सिकाइन्छ ?

यो ‘इमर्सिभ’ बुटक्याम्पमा सहभागीलाई ‘ह्यान्ड्स-अन लर्निङ’ अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ । अनुभवी डेभलपर स्यामुएल थापा मगर र अन्य विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रममा फ्लटरको आधारभूत ज्ञानदेखि वास्तविक वर्कशप कम्पोनेन्ट बनाउनेसम्मका सीप सिकाइने छ ।

पाठ्यक्रममा फ्लटर विजेट्स प्रयोग गरी रेस्पोन्सिभ र आकर्षक यूआई डिजाइन गर्ने, स्टेट म्यानेजमेन्ट, क्लिन कोडको अभ्यास, समस्या समाधानका लागि डिबगिङ टेक्निक तथा एन्ड्रोइड र आईओएस दुवैमा एप डिप्लोय गर्ने प्रक्रिया समावेश गरिएको छ ।

कसरी सहभागी हुने ? 

‘आइडियालाई एपमा बदलौँ’ भन्ने नारासहित आयोजना हुन लागेको यो बुटक्याम्पमा सहभागीले अन्य सिकारुहरूसँग अन्तर्क्रिया गर्ने र आफ्ना जिज्ञासाहरू प्रत्यक्ष रूपमा समाधान गर्ने अवसर पाउनेछन् । प्रविधि क्षेत्रमा आफ्नो करियर अघि बढाउन चाहनेका लागि यो उपयुक्त मञ्च हुने स्किल शिक्षाले बताएको छ ।

इच्छुक सहभागीले यो लिंकमा क्लिक गरी थप जानकारी लिन तथा आफ्नो नाम रजिस्ट्रेसन गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ ११:५९