close

एलजीका सामान खरिदमा टी-२० विश्वकप स्टेडियममै गएर हेर्ने अवसर

टेकपाना टेकपाना

पुस ३, २०८२ १३:११

एलजीका सामान खरिदमा टी-२० विश्वकप स्टेडियममै गएर हेर्ने अवसर

काठमाडौँ । एलजी नेपालले आफ्ना ग्राहकलाई भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने अवसरसहितको नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले फेब्रुअरीदेखि सुरु हुने विश्वकपलाई लक्षित गर्दै यो योजना बजारमा ल्याएको हो ।

योजनाअन्तर्गत एलजीका सामान खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत छानिने एक भाग्यशाली विजेताले मुम्बईस्थित वानखेडे स्टेडियममा पुगेर प्रत्यक्ष खेल हेर्न पाउनेछन् । कम्पनीले विशेषगरी नेपालको खेललाई केन्द्रित गर्दै यो प्याकेज ल्याएको हो । विजेताले चार रात र पाँच दिनको प्याकेज प्राप्त गर्नेछन्, जसमा म्याच टिकट, खान-बस्न, आउन-जान तथा सिटी टुरको सुविधा समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसका साथै, कम्पनीले एलजीका सामान खरिदमा अन्य पक्का उपहारहरूको पनि व्यवस्था गरेको छ । जसअनुसार वासिङ मसिन खरिदमा तीन केजी एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क जडान सुविधा र माइक्रोवेभ ओभनमा कुकिङ किट उपलब्ध हुनेछ ।

योजनामा सहभागी हुन ग्राहकले एलजीको उत्पादन खरिद गरेपछि वारन्टी कार्ड नम्बर, सामानको नाम, आफ्नो नाम र ठेगाना तोकिएको फरम्याटमा ३१००३ मा एसएमएस पठाउनुपर्नेछ । यो योजना नेपालभर सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका ब्रान्ड तथा मार्केटिङ म्यानेजर मुकेश कुमार बैठाले ग्राहकलाई अत्याधुनिक प्रविधिसँगै स्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले यो अभियान ल्याइएको बताए ।

 

पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १३:११