काठमाडौँ । नेपालका लागि दीपल ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष ‘फेस्टिभ ड्राइभ’ योजना सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत ग्राहकले दीपलका अत्याधुनिक ईभीको अनुभव लिनुका साथै विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
पुस १० देखि १७ गतेसम्म सञ्चालन हुने यस अभियानमा ग्राहकले काठमाडौँको नक्सालस्थित चांगान शोरुममा गएर दीपलका प्रिमियम ईभी मोडलहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
यसका साथै, पुराना सवारीसाधन साटेर नयाँ दीपल ईभी घर लैजान चाहने ग्राहकका लागि एक्सचेन्जको सुविधा समेत उपलब्ध गराइएको छ । नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ ।
चाडपर्वको रौनक थप्न शोरुममा विशेष सजावट गरिनुका साथै ‘सान्टा रोबोट’ को अनुभव र आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ । दीपलले यस अभियानमार्फत नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्दै ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो अध्यावधिक: पुस ११, २०८२ ९:२०
