close

लिपफ्रगका सीओओ कैलाश विजयानन्द बने अमेरिकन चेम्बर अफ कमर्स इन नेपालको अध्यक्ष

टेकपाना टेकपाना

पुस २३, २०८२ १२:५८

लिपफ्रगका सीओओ कैलाश विजयानन्द बने अमेरिकन चेम्बर अफ कमर्स इन नेपालको अध्यक्ष

 

काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) को अध्यक्षमा ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख सञ्चालन अधिकृत (सीओओ) कैलाश विजयानन्द चयन भएका छन् । काठमाडौँमा आयोजित एमच्याम नेपालको चौथो वार्षिक साधारण सभाले विजयानन्दको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । 

लिपफ्रग टेक्नोलोजीले नेपालसहित भारत, बेलायत, स्विजरल्याण्ड, क्यानडा र अमेरिकामा करिब दुई दशकदेखि सेवा दिइरहेको छ । प्रोग्रामरका रूपमा करिअर सुरु गरेका विजयानन्दले पोर्टसमाउथ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिग्री हासिल गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १४:२८