close

राजीनामा दिन दबाब आएपछि सञ्चारमन्त्री खरेलले भने- ‘पार्टी प्रवेश गर्न लागेको हल्ला झुटो हो’

टेकपाना टेकपाना

पुस २३, २०८२ १७:७

राजीनामा दिन दबाब आएपछि सञ्चारमन्त्री खरेलले भने- ‘पार्टी प्रवेश गर्न लागेको हल्ला झुटो हो’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् । आफ्ना पछिल्ला गतिविधिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी प्रवेश गर्न लागेको र चुनावमा उठ्न लागेको टीकाटिप्पणी भएपछि मन्त्री खरेलले त्यसमा सत्यता नभएको बताएका हुन् । 

“म चुनावमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन,” बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री खरेलले भने, “आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनेको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।”

प्रधानमन्त्री सुशीला कार्कीले पछिल्लो मन्त्रिपरिषद् बैठकमा चुनाव लड्न चाहने मन्त्रीहरूलाई छिटो निर्णय गरेर नागरिक सरकारबाट बिदा हुन सचेत गराएकी थिइन् ।

पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १७:४४