close

गिजर प्रयोग गरी नुहाउने क्रममा बेहोस र मृत्यु हुने घटना बढेको भन्दै प्रहरीले जारी गर्‍यो यस्तो सूचना

टेकपाना टेकपाना

पुस २४, २०८२ १२:१६

गिजर प्रयोग गरी नुहाउने क्रममा बेहोस र मृत्यु हुने घटना बढेको भन्दै प्रहरीले जारी गर्‍यो यस्तो सूचना

काठमाडौँ । नेपाल प्रहरीले गिजरको प्रयोग गरी नुहाउने क्रममा बेहोस हुने तथा मृत्यु समेत भएका घटनाहरू बढिरहेको भन्दै सावधान रहन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत सार्वजनिक हितमा एक सन्देश जारी गर्दै सचेत गराएको हो ।

मुख्यतः यस्ता घटनाहरूमा भेन्टिलेसन नभएको स्नान कक्ष वा नुहाउने कोठामा गिजर प्रयोग गरी नुहाउँदा कार्बन मोनोअक्साइडको मात्रा धेरै भएर, अक्सिजनको कमी भएर बेहोस हुने गरेको पाइएको प्रहरीले जनाएको छ । "यस्ता घटनाहरूमा सचेत रहनु हुन, स्नान कक्षमा पर्याप्त मात्रामा भेन्टिलेसन (हावाको आवतजावत) को व्यवस्था गर्नु हुन अनुरोध गर्दछौँ," परिसरले सार्वजनिक हितमा जारी गरेको सूचनामा भनेको छ । 

 

पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १२:१६