close

ईबुकिङ नेपाल डटकम सञ्चालनमा, यात्रा तथा पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य

टेकपाना टेकपाना

पुस ३०, २०८२ १६:१८

ईबुकिङ नेपाल डटकम सञ्चालनमा, यात्रा तथा पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन ईबुकिङ नेपाल डटकम औपचारिक रूपमा सार्वजनिक भएको छ । डिजिटल यात्रा तथा हस्पिटालिटी क्षेत्रमा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउन यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।

यो प्लेटफर्मले होटेल, ट्राभल, टुर प्याकेज र अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै थलोमा उपलब्ध गराउने लक्ष्य राखेको छ । प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउन यसमा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरिएको बताइएको छ ।

यो प्रणाली नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने गरी तयार पारिएको छ । प्रयोगकर्ताहरूले यसको सेवा आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा प्रयोग गर्न सक्नेछन् ।

ईबुकिङ नेपाल प्लेटफर्म केवल बुकिङ प्रणाली मात्र नभई नेपालको पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने माध्यम पनि भएको कम्पनीले बताएको छ । यसले राजस्व अभिवृद्धिमा सघाउ पुर्‍याउनुका साथै दिगो र समावेशी आर्थिक विकासलाई प्रवर्धन गर्ने उद्देश्य लिएको छ ।

स्थानीय पर्यटन व्यवसायीहरूलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन यसले आवश्यक डिजिटल उपकरणहरू समेत उपलब्ध गराउने बताएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १६:१८