close

आकाश टेलले सुरु गर्‍यो डाइनामिक एआई टेक्स्ट-टु-स्पिच सर्भिस

टेकपाना टेकपाना

माघ ३, २०८२ १३:९

आकाश टेलले सुरु गर्‍यो डाइनामिक एआई टेक्स्ट-टु-स्पिच सर्भिस

काठमाडौँ । कल म्यानेजमेन्ट सफ्टवेयर प्रदायक कम्पनी आकास टेलले आफ्नो सेवामा डाइनामिक एआई टेक्स्ट-टु-स्पिच (टीटीएस) प्रविधि समावेश गरेको छ । यो नयाँ प्रविधिमार्फत विभिन्न व्यवसाय तथा संघ संस्थाहरूले आफ्नो ग्राहक सेवालाई पूर्ण रूपमा स्वचालित बनाउन सक्ने कम्पनीले जनाएको छ । 

आकाश टेलका अनुसार यो प्रविधिले स्वचालित रूपमा मानव जस्तै प्राकृतिक, स्पष्ट र प्रभावकारी आवाजमा सेवा प्रदान गर्छ । व्यवसायसँग सम्बन्धित सम्भावित प्रश्नहरूको उचित जानकारीहरूलाई अगाडि नै भण्डारण गर्छ । त्यसपछि ग्राहकले कुनै प्रश्न सोधेको बेलामा उक्त प्रश्नलाई टेक्स्टमा रूपान्तरण गरी शब्द, अर्थ र व्याकरणका आधारमा विश्लेषण गर्छ । सो पछि सुहाउँदो उत्तर जेनेरेट गरी त्यसलाई मानवीय शैलीको आवाजमा रूपान्तरण गरेर ग्राहकलाई सुनाउने कम्पनीले जनाएको छ ।

विशेषगरी नेपाली भाषाको उच्चारण, लय र बोलीलाई ध्यानमा राखेर उक्त एआई मोडलको विकास गरिएको कम्पनीले जानकारी दिएको हो । नेपालीका साथै यसले अङ्ग्रेजी र हिन्दी भाषामा पनि सपोर्ट प्रदान गर्छ । परम्परागत प्रणालीहरूमा हुने रोबोटिक आवाजलाई कम गरी स्वाभाविक स्वर र लवज ल्याउन यस प्रविधिमा एड्भान्स्ड न्युरल सिन्थेसिस प्रयोग गरिएको बताइएको छ । 

यो प्रविधिले वास्तविक समयमा आवाज सिर्जना गर्ने भएकाले लाइभ कुराकानीलाई सहज बनाउने कम्पनीको दाबी छ । यस्तै प्रयोगकर्ताको डेटा र प्रतिक्रियाका आधारमा पर्सनलाइज्ड सेवा प्रदान गरिने छ । व्यवसायहरूले यसलाई एपीआई गेटअवेको रूपमा आफ्नो हालको कम्युनिकेसन प्लेटफर्ममा सजिलै एकीकृत गर्न सक्ने बताइएको छ । 

यो नयाँ प्रविधि बैंक तथा वित्तीय संस्था, ई-कमर्स प्लेटफर्म, शिक्षा, स्वास्थ्य, हस्पिटालिटीका साथै सरकारी र गैरसरकारी निकायहरूका लागि प्रभावकारी हुने आकाश टेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १३:९