close

शिक्षा मन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्न लागेका हुन् ?

टेकपाना टेकपाना

माघ ६, २०८२ १०:२२

शिक्षा मन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्न लागेका हुन् ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत मन्त्री पुनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !”

मन्त्री पुनका स्वकीय सचिव डा. सागर ढकालले पुनले तीन दिनअघि नै राजीनामा पत्र तयार गरेको पुष्टि गरे । यद्यपि, उनको राजीनामा स्वीकृत भए/नभएको बारे आधिकारिक जानकारी आउन बाँकी छ ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइसकेका छन् ।

घिसिङ, खरेल र गुप्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । पुनले भने आफू निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

पछिल्लो अध्यावधिक: माघ ६, २०८२ ११:४४