close

अब किओस्क मसिनबाट ग्राहक आफैले ग्लोबल आइएमई बैङ्‍कमा खाता खोल्न सक्ने

टेकपाना टेकपाना

माघ १४, २०८२ १२:३३

अब किओस्क मसिनबाट ग्राहक आफैले ग्लोबल आइएमई बैङ्‍कमा खाता खोल्न सक्ने

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले किओस्क मसिनबाटै बैङ्क खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । सरल, सहज र अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप  ग्राहक आफैले बैङ्कको शाखा कार्यालयमा रहेको किओस्क मसिनबाट खाता खोल्न सकिने सुविधा उपलब्ध गराइएको हो । 

बैङ्कले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसर पारेर किओस्क मसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याइएको जनाएको छ । बैङ्कका अनुसार हाल यो सेवा बैङ्कको कमलादीस्थित शाखा कार्यालयमा मात्रै उपलब्ध रहेको छ भने विस्तारै देशका अन्य शाखा कार्यालयमा समेत उपलब्ध हुनेछ । 

यसरी खाता खोल्दा आफ्नो सम्पूर्ण विवरणहरू किओस्क मसिन मार्फत प्रदान गर्नुपर्ने हुन्छ । त्यसरी उपलब्ध गराइएको जानकारी भेरिफाइ भएपश्चात् खाता नम्बर उपलब्ध हुने बैङ्कले जनाएको छ । 

यसअघि, बैङ्कले कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मसिनबाटै क्याश डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरू उपलब्ध गराइरहेको थियो । भविष्यमा यस्ता सेवालाई बैङ्कले अरू स्थानमा पनि विस्तार गर्दै जाने योजना बनाएको छ । 

 

पछिल्लो अध्यावधिक: माघ १४, २०८२ १२:३३