close

सामाजिक सञ्जाल विधेयक फिर्ता लिने मन्त्रिपरिषद्‌को निर्णय

टेकपाना टेकपाना

माघ २०, २०८२ १८:४०

सामाजिक सञ्जाल विधेयक फिर्ता लिने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौँ । सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्‌मा दर्ता भएको उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ माघ २७ गते यो विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । तर, विधेयकमा रहेका कतिपय प्रावधानले नागरिकको वाक् स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामा गम्भीर असर पार्ने भन्दै आलोचना भएको थियो ।

नेपाल पत्रकार महासङ्घ, विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतले यस विधेयकलाई अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको प्रयासका रूपमा टिप्पणी गरेका थिए ।


पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १८:५३