जेमनाईले तयार पारेको प्रतिकात्मक तस्वीर
काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा गर्ने खर्चको सूक्ष्म रूपमा निगरानी गर्ने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले यसबारे जानकारी दिए । “अहिले कुन संस्थाले सोसल मिडियामा कति खर्च गर्यो भनेर हेर्न गाह्रो छैन, प्राविधिक रूपमा हामी सजिलै हेर्न सक्छौँ,” उनले भने ।
प्रवक्ता भट्टराईले सामाजिक सञ्जालमा गरिएको खर्चलाई पनि निर्वाचन खर्चकै रूपमा गणना गरिने र उम्मेदवारका लागि तोकिएको खर्चको सीमाभित्र त्यो रहे/नरहेको बारे आयोगले निगरानी गर्ने स्पष्ट पारे ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुन गइरहेको छ । निर्वाचनका बेला हुने फजुल खर्च नियन्त्रण गर्न र आचारसंहिता पालना गराउन आयोगले प्रविधिको प्रयोग गर्दै अनुगमनलाई तीव्रता दिने जनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ २१, २०८२ १५:३६
