close

माईपेबाट सुबिसुको बिल तिर्दा टीभीएस एनटर्क स्कुटर जित्न सकिने

टेकपाना टेकपाना

माघ २५, २०८२ १९:३२

माईपेबाट सुबिसुको बिल तिर्दा टीभीएस एनटर्क स्कुटर जित्न सकिने

काठमाडौँ । डिजिटल वालेट माईपेले सुबिसु इन्टरनेटको २५औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत माईपे वालेटमार्फत सुबिसु इन्टरनेटको महसुल भुक्तानी गर्दा ग्राहकले टीभीएस एनटर्क १२५ स्कुटर जित्ने मौका पाउनेछन् ।

एक विज्ञप्ति जारी गर्दै माईपेले बम्पर उपहारमा स्कुटरका साथै साप्ताहिक रूपमा भाग्यशाली विजेतालाई नेपाल क्रिकेटको जर्सी समेत प्रदान गरिने जानकारी दिएको छ ।

यस अफरलाई अझ आकर्षक बनाउन माईपेले क्यासब्याकको सुविधा पनि उपलब्ध गराएको छ । सुबिसुको बिल भुक्तानी गर्दा ग्राहकले ‘SUBISU25’ प्रोमो कोड प्रयोग गरी तीन प्रतिशत (अधिकतम ३०० रुपैयाँसम्म) तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजना आगामी चैत १७, २०८२ सम्म लागु हुनेछ ।

माईपेले यसबाहेक विभिन्न डिजिटल सेवामा सहुलियत दिँदै आएको छ । हाल माईपेमार्फत मोबाइल टपअप गर्दा ५ प्रतिशतसम्म क्यासब्याक पाइने व्यवस्था छ । यसका साथै हवाई टिकट बुकिङ, अन्य इन्टरनेट सेवा प्रदायकको बिल भुक्तानी, खानेपानी तथा बिजुलीको महसुल भुक्तानीमा समेत विशेष छुट र क्यासब्याक प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८२ २०:४१