आफूलाई भेट्न चाहने सर्वसाधारणका लागि पर्यटनमन्त्री पौडेलले सार्वजनिक गरे क्यूआर कोड
चैत १८, २०८२ १६:५
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले आफूलाई भेट्न आउन चाहने सर्वसाधारणका लागि क्यूआर कोड सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा मन्त्रीलाई भेट्न लाग्ने अव्यवस्थित भिडलाई कम गर्न र भेटघाटको समयलाई थप व्यवस्थित बनाउन मन्त्री पौडेलले यो कदम चालेका हुन् ।
मन्त्री पौडेललाई भेट्न चाहने व्यक्तिले क्यूआर कोड स्क्यान गरी वा गुगल डक्सको यो लिङ्क खोलेर आफ्नो प्रारम्भिक विवरण भर्नुपर्नेछ । जसमा नाम, ठेगाना, आबद्ध निकाय, सम्पर्क नम्बर र भेटघाटको उद्देश्य स्पष्ट खुलाउनुपर्ने छ ।
पौडेलले मन्त्रालय तथा मातहतका निकायसँग सम्बन्धित गुनासो वा सुझाव दिनका लागि समेत सर्वसाधारणले क्यूआर कोडको प्रयोग गर्नसक्ने जानकारी दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १६:२३
