close

श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान र डिजिटल सेवामुखी बनाइने

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १६:४०

श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान र डिजिटल सेवामुखी बनाइने

काठमाडौँ । सरकारले श्रम निर्यातमा निर्भर नेपालको अर्थतन्त्रलाई रूपान्तरण गरी ज्ञान र डिजिटल प्रविधिमा आधारित सेवामुखी अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले परम्परागत वैदेशिक रोजगारीको विकल्प खोज्दै आधुनिक प्रविधि र मूल्य अभिवृद्धिमा जोड दिइने जानकारी दिए ।

सम्बोधनका क्रममा उनले भने, "श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल सेवा, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रुपान्तरण गरिनेछ ।"

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १६:४५