close

‘आईकार भी २३’ को सीमित स्टक पुरानै मूल्यमा उपलब्ध, ग्राहकको ३ लाख बचत हुने

टेकपाना टेकपाना

जेठ २६, २०८३ १६:५२

‘आईकार भी २३’ को सीमित स्टक पुरानै मूल्यमा उपलब्ध, ग्राहकको ३ लाख बचत हुने

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड ‘आईकार’ (iCAUR) को नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘भी २३’ (V23) मोड]लमा सीमित स्टक अफर सार्वजनिक गरेको छ । कम्पनीले सीमित सङ्ख्यामा उपलब्ध गाडीहरू पुरानै मूल्य अर्थात् ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

नयाँ आर्थिक वर्षको बजेटपछि राजस्व संरचनामा भएको परिवर्तनका कारण हाल यो गाडीको आधिकारिक बजार मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । तर, हाल स्टकमा रहेका केही थान गाडीहरू भने कम्पनीले पुरानै मूल्यमै बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीको यो निर्णयले तत्काल गाडी खरिद गर्ने ग्राहकलाई सिधै ३ लाख रुपैयाँ बचत हुनेछ । कम्पनीका अनुसार हाल स्टकमा रहेका गाडी सकिएपछि हुने नयाँ बुकिङ र डेलिभरीमा भने नयाँ संशोधित मूल्य (५३ लाख ९९ हजार रुपैयाँ) नै लागु हुनेछ।

कम्पनीले विज्ञप्तिमा दाबी गरेको छ, "रेट्रो शैलीको आकर्षक डिजाइन, आधुनिक विद्युतीय प्रविधि र विभिन्न प्रिमियम फिचरका कारण यो गाडी धेरैको रोजाइमा पर्न सफल भएको छ ।"

यस गाडीमा ५९.९३ किलोवाट–आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको फुल चार्जमा ४०१ किलोमिटरसम्म (सीएलटीसी मापदण्डअनुसार) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफरको फाइदा लिन देशभर रहेका आईकारका शोरुम तथा आधिकारिक डिलरशिपमा सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १७:१२