Now Reading
दशैंकाे टिकट लाइनमा हैन अनलाइनमा, आधा दिनमै ३२ सय टिकट बुकिङ्ग

दशैंकाे टिकट लाइनमा हैन अनलाइनमा, आधा दिनमै ३२ सय टिकट बुकिङ्ग

आश्विन ५, २०७६

घुमिफिरी दशैंको माहोल विस्तारै बढ्दैछ । त्यससँगै काठमाडौंमा भएकाहरु दशैंकाे टिका थाप्न आफ्नो जन्मघर फिर्तिको योजनाछन् । दशैंलाई लक्षित गर्दै उपत्यका बाहिर जानेहरुका लागि सरकारको समन्वयमा यातायात व्यवसायीले आजबाट बसको अग्रीम टिकट बुकिङ पनि सुरु गरेका छन् ।

बसको अग्रीम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्क, पुरानाे बसपार्क, सुन्धारा, गाैशाला लगायतका क्षेत्रमा भएका टिकट काउण्टरमा बिहानै देखि भिड लागेकाे छ । याे हरेक वर्ष दशैंमा दाेहाेरिरहने उही पुरानै दृश्य नै हाे । तर, त्यसबीचमा सूचना प्रविधकाे विकासले त्याे पुरानाे दृश्यमा फेर्ने सङ्केत पनि देखाइरहेकाे छ ।

टिकट काउण्टरमा भीड नलागेरै अनि दलालकाे चङ्गुलमा नपरिकनै टिकट बुकिङ सुविधा बस सेवाले दिइरहेकाे छ । आइतबार दिउँसाे याे समाचार तयार पार्दासम्म बससेवाबाट अनलाइन टिकेट लिनेकाे संख्या ३२ सय भइसकेको छ ।

याेसेवा यस अघिका वर्षहरुमै अस्तित्वमा आइसकेकाे भए पनि टिकट संख्या भने एकदमै न्यून थियाे । तर, यसपटक भने अनलाइनबाटै दैनिक ६ हजार टिकट बुकिङ गर्न सकिने भएकाे छ । यद्यपी दशैंको समयमा दैनिकजसाे दशाैँ हजारकाे संख्यामा बाहिरिनेकाे तुलनामा ६ हजार निकै नै कम हो । त्यसका बाबजुद पनि यसले केही हदसम्म यात्रुलाई सहजता प्रदान गर्ने बस सेवाका संस्थापक पर्शुराम खनाल बताउँछन् ।

आजभन्दा पाँच वर्षअघिदेखि नै बससेवाले अनलाईन बस टिकेटिङको सुविधा प्रदान गर्दै आइरहेकाे छ । सुरुका दुई वर्ष बससेवाले बस व्यवसायीको अगाडि हात जोड्नमै बिताउनुपर्‍याे । ‘अनलाईनमार्फत नै तपाइ‍को बसको टिकट काट्ने सिस्टम हामी मिलाउँछौ भन्दै जाँदा कतिपय व्यवसायी त मान्छे तपाईंको अनलाईनमै आउँदैनन् भनेर पछि हट्थे,’ खनाल आफ्नो अनुभव सुनाउँछन् ‘तै पनि सुरुका दिनमा थाेरै संख्यामा भएपनि व्यवसायीहरु हामीसँग जोडिए ।’

बससेवासँग दैनिक ६ हजार सिट छन् । त्यसमध्ये आजै मात्रै ३२ सय टिकट अनलाइनबाटै काटिएको छ ।’ बस सेवाले ईसेवा, आईएमईपे लगायतका मोबाइल वालेटमार्फात पैसा तिर्न सकिने गरी टिकट बुकिङको सुविधा प्रदान गर्दै आएको छ । त्यतिमात्रै हैन बस सेवामा दर्जनौंको संख्यामा बैंक पनि जोडिएका छन ।

See Also

विस्तारै सेवा बढ्दै गयो । यात्रु अनलाईनमार्फत नै टिकट बुकिङ गर्न थाले । अनि व्यवसायीमा पनि विश्वास पलाउँदै गयो ।’ अहिले बार्षिक रुपमा अनलाईनमार्फत टिकट काट्ने यात्रुकाे संख्या दुई सय प्रतिशतका दरले बढिरहेकाे उनी सुनाउँछन । खनालका अनुसार बससेवामा साझा यातायात, धौलागिरि यातायात, शुभ जगदम्बा ट्राभल्स, स्वयम्भु मन्जुश्री, पोखरा जगदम्बा, मनकामना दर्शन, माउण्ट मकालु यातायात लगायतका एक सय २० वटा बस कम्पनी आबद्ध छन् । जसमा ६ हजारको संख्यामा दैनिक टिकट काट्न सकिन्छ । त्यसमध्ये सामान्य दिनमा पनि १२ सयको हाराहारीमा टिकट अनलाईनमार्फत काटिन्छ ।

दशैंको समयमा यो संख्या ठूलो मात्राले बढ्ने अपेक्षा गरिएको छ । ‘हामीसँग ६ हजार सिट छन’ खनाल भन्छन, ‘त्यसमध्ये आजै मात्रै ३२ सय टिकट अनलाइनबाटै काटिएको छ ।’ बस सेवाले ईसेवा, आईएमईपे लगायतका मोबाइल वालेटमार्फात पैसा तिर्न सकिने गरी टिकट बुकिङको सुविधा प्रदान गर्दै आएको छ । त्यतिमात्रै हैन बस सेवामा दर्जनौंको संख्यामा बैंक पनि जोडिएका छन् ।

Facebook Comments
Scroll To Top