बितेका केही दशकदेखि नेपालको इन्टरनेट उद्योगले शान्त तर निर्णायक ढङ्गले देशको डिजिटल रूपान्तरणलाई आकार दिँदै आएको छ । सन् १९९० ताका केही सीमित व्यक्तिको हातमा रहेको डिजिटल कनेक्सन आज लाखौँ घरपरिवार, स्थानीय, अन्तर्राष्ट्रिय कर्पोरेटदेखि ठुला तथा साना व्यवसाय, बैंक र सरक...
